बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलका डिएसपी कुँवरसहित ३ अधिकृत पुरस्कृत

शनिबार, ०६ कात्तिक २०७८, १० : ४४
शनिबार, ०६ कात्तिक २०७८

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मातहतका ३ प्रहरी अधिकृतहरूलाई असोज महिनाका उत्कृष्ट प्रहरी इन्चार्जका रुपमा पुरस्कृत गरेको छ । शनिबार एक समारोहका बीच सो कार्यालयले बुटवल इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी मदन कुँवर, सीमा प्रहरी कार्यालय कदमहवाका प्रमुख सई भविलाल डिसुवा मगर र नगर प्रहरी कार्यालय बुटवलका प्रमुख सई विमला विकलाई असोज महिनाका ‘इन्टिग्रेटी इन्चार्ज  अफ मन्थ अवार्ड’ बाट पुरस्कृत गरेको हो ।

रुपन्देहीका जिल्ला प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले उनीहरुलाई उक्त अवार्ड प्रदान गर्दै बधाई दिएका थिए । जिल्ला प्रहरी कार्यालयले सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीय ढंगले सम्पादन गरे बापत उनीहरुलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाद्वारा जारी प्रेस नोटमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप