ad

इटाली : राष्ट्रिय ध्वजावाहकको विरोधमा चोकमा युनिफर्म उतारेर प्रदर्शन

person explore access_timeकात्तिक ६, २०७८ chat_bubble_outline0

इटालीको नयाँ राष्ट्रिय एयरलाइन्स, आईटीए एयरवेजले गत हप्ता आफ्नो पहिलो उडान भ¥यो । तर, ग्राउन्डमा भने समस्या देखिएको छ । एलइटालियाका पूर्व फ्लाइट एटेन्डेन्टहरूले जागिर गुमाएको र तलब काटेको विरोधमा आफ्नो युनिफर्म उतार्दै विरोध प्रदर्शन गरेका हुन् ।


रोमको क्याम्पिडोगिालोको मुख्य चोकमा करिब ५० जना पूर्व फ्लाइट एटेन्डेन्टहरू एलइटालियाको युनिफर्ममा भेला भएर त्यसलाई उतारेर भित्री वस्त्रमा उभिएर प्रदर्शन गरेका थिए । जागिर गुमाएको मात्र होइन, आईटीए एयरवेजमा पुनः अनुबन्ध गरिएकाहरूलाई दिइएको करारको पनि उनीहरूले विरोध गरेका थिए । जागिरमा फर्किएकाहरूलाई पनि राम्रो सेवा सुविधा नदिइएको ट्रेड युनियनको आरोप रहेको छ ।





आईटीएका अध्यक्ष अल्फ्रेडो अल्टाभिल्लाले हडतालको चेतावनी ‘राष्ट्रिय लज्जाको विषय’ हुने बताएका छन् । उनले कर्मचारीहरूले हालको कामको वातावरणमा काम गर्न तयार भएको जिकिर गर्दै करारका लागि गरिएको बार्गेनिङको औचित्य समाप्त भइसकेको बताए । 



एलइटालियाका १० हजार ५०० कर्मचारीमध्ये आईटीएले मात्र २८ सय जनालाई पुनः अनुबन्ध गरेको छ । त्यस्तै, एलइटालियाका ११० विमानमध्ये आईटीएले ५२ वटालाई लिएको रोयटर्सले जनाएको छ ।



सीएनएन

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।