बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुटिङमा अभिनेताले गोली चलाउँदा क्यामेरापर्सनको मृत्यु

शनिबार, ०६ कात्तिक २०७८, १४ : २७
शनिबार, ०६ कात्तिक २०७८

अमेरिकी अभिनेता एलेक बाल्डविनले फिल्म सुटिङका दौरान बन्दुक चलाउँदा फोटोग्राफी निर्देशक हलिना हचिन्सको मृत्यु भएको छ । ‘रट’ फिल्मको एक्सन सिन सुटिङ भइरहँदा गोली चलेको हो । गोलीले ४२ वर्षीया हचिन्स घाइते भएपछि उनलाई  हेलिकोप्टरमार्फत अस्पताल लगिएको थियो । तर, ज्यान बचेन । त्यसैगरी, निर्देशक जोइल सुजा पनि घाइते भएका थिए ।

उनको अहिले उपचार भइरहेको छ ।   फिल्मी दुनियाँमा यस्ता दुर्घटनाका खबरहरु दुर्लभ रुपमा मात्रै सुनिने गरेका छन् । बन्दुकको प्रयोग गर्दा कडा सुरक्षा मापदण्ड अपनाउनुपर्ने विज्ञहरु बताउँछन् । 

निर्देशकले दिएका थिए बन्दुक 

अभिनेता एलिक बाल्डविनले अदालतमा दिएको बयानअनुसार निर्देशकले नै उनलाई यो बन्दूक थमाएका थिए र बन्दूक सुरक्षित भएको पनि बताएका थिए ।  दुर्घटनाबस्, बाल्डविनले पड्काएको गोली हचिन्सको छातिमा लाग्यो । र, हचिन्सको ज्यान गयो । क्यामेरा पछाडि बसेका निर्देशक जोइल सुजा पनि घाइते भए ।

उनलाई आकस्मिक रुपमा उपचार गरियो र बिहीबारै अस्पतालबाट डिस्चार्ज भए । प्रहरीले अहिले यस घटनाबारे अनुसन्धान गरिरहेको छ । ६३ वर्षीय अभिनेता बाल्डविनसँग घटनाबारे सोधपुछ गरिएपनि अहिलेसम्म दुर्घटनाको अभियोगमा कसैमाथि मुद्दा अघि बढाइएको छैन ।

अभिनेता बाल्डविन फिल्मका निर्मातासमेत हुन् । घटनापछि आफु स्तब्ध भएको जानकारी बाल्डविनले ट्वीटरमार्फत दिएका थिए । ‘म उनका श्रीमान्, छोरा र उनलाई माया गर्नेहरुलाई सम्झिएर दुखित भएको छु । मेरो शोक र दुःखलाई व्यक्त गर्ने कुनै शब्द छैन,’ उनले ट्वीटरमा शुक्रबार लेखेका थिए । 

युक्रेनकी हचिन्स आर्टिक सर्कलस्थित सोभियत सैन्य अखडामा हुर्किएकी थिइन् । उनले किभ कलेजबाट पत्रकारिता र अमेरिकाको लस एन्जलसबाट फिल्म पढेकी थिइन् । अमेरिकन सिनेमाटोग्राफर म्यागेजिनले २०१९ मा उनलाई ‘राईजिङ स्टार’ उपमा दिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप