बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगरमा लागु औषधसहित एक जना पक्राउ

शनिबार, ०६ कात्तिक २०७८, १७ : ०७
शनिबार, ०६ कात्तिक २०७८

सुर्खेत प्रहरीले लागु औषध ब्राउन सुगरसहित एक जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी ब्यूरोको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालयको टोलीले वीरेन्द्रनगर नगरपालिका–२ भुरेलीबाट कोलडाँडा भन्ने स्थानमा बस्ने २८ वर्षीय  खिमबहादुर बुढालाई पक्राउ गरेको हो ।

शनिबार बिहान ८:३० बजेको समयमा उनी  सोही स्थानको एक नास्ता पसलभित्र शङ्कास्पद रूपमा बसिरहेको अवस्थामा प्रहरीले छापा हानेको थियो । शरीर खानतलासी गर्दा उनले लगाएको ज्याकेटको दाहिने खल्तीमा कागज भित्र एक पुडिया लागू औषध  ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । साथै उनले लगाएको पाइन्टको खल्तीमा विभिन्न दरका नेपाली नोट १२ हजार ४५० बरामद गरिएको प्रहरीले बताएको छ । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले भने,‘ ती व्यक्तिको घर खानतलासी गर्दा घरको कोठाभित्र टिभी राख्ने र्‍याक माथि कालो प्लास्टिक र सेतो कागजको दुई वटा पोका लुकाई छिपाई राखेको पनि पत्ता लाग्यो । नापतौल गर्दा प्लास्टिक सहित ९ ग्राम ९४० मिलिग्राम र प्लास्टिकबाहेक तौल गर्दा ८ ग्राम ७३० मिलिग्राम लागु औषध भेटिएको थियो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप