बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

७ हजारको परीक्षण गर्दा ५१३ जनामा सङ्क्रमण पुष्टि, सबैभन्दा धेरै काठमाडौँमा

शनिबार, ०६ कात्तिक २०७८, १७ : १५
शनिबार, ०६ कात्तिक २०७८

देशभर थप ५१३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार ९३१ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ४३८ तथा एन्टिजेन विधिबाट ७५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यसमध्ये काठमाडौँमा सर्वाधिक १५० जना, ललितपुरमा ३९ तथा भक्तपुरमा २४ जना नयाँ सङ्क्रमित रहेका छन् ।

यही अवधिमा थप ८१७ जना सङ्क्रमित निको भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ७ लाख ८६ हजार ६३० जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७.३ प्रतिशत रहेको छ । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ५५९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ३४५ जनाले ज्यान गुमाइसकेका छन् । यही अवधिमा थप ६३ हजार ७४ जनाको कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप