शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टी–२० विश्वकपमा अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिका १ सय १८ रनमै समेटियो

शनिबार, ०६ कात्तिक २०७८, १७ : ४१
शनिबार, ०६ कात्तिक २०७८

टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई १ सय १९ रनको चुनौती दिएको छ । दक्षिण अफ्रिकाले ९ विकेट गुमाएको खेलमा एडन मार्करमबाहेक अन्य कुनै ब्याट्सम्यानले ठूलो स्कोर गर्न सकेनन् । ओपनर तेम्बा बभुलाई १२ रनमै गुमाएको दक्षिण अफ्रिकाबाट त्यसपछि ब्याटिङ गर्न आएका रस्सी भान डेर डुसेनले पनि केवल २ रनमात्रै बनाउन सके । १२ बलमा केवल ७ रन बनाएर पाँचौँ ओभरको पहिलो बलमा क्विन्टन डि कक आउट हुँदा दक्षिण अफ्रिकाले तीन विकेट गुमाएर केवल २३ रनमात्रै बनाउन सकेको थियो ।

यसपछि क्रिजमा आएका एडन मार्करमले टोलीको इनिंग्स उस्काने प्रयास गरे । उनले ३६ बल सामना गर्दै ४० रन बनाए । यसक्रममा ३ चौका र १ छक्का प्रहार गरे । तर, मिचेल स्टार्कको बलमा ग्लेन म्याक्सवेलले उनलाई क्याचआउट गरेसँगै दक्षिण अफ्रिका फेरि कमजोर देखियो । टोलीका लागि डेभिड मिलारले १६ तथा अन्त्यतिर ब्याटिङ गर्न आएका कागिसो रावाडाले अविजित १९ रन बनाए ।​ अस्ट्रेलियाबाट मिचेल स्टार्क, जोस हेजलउड र एडम जाम्पाले २–२ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप