बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

टी–२० विश्वकप : पहिलो खेलमा अस्ट्रेलिया विजयी

शनिबार, ०६ कात्तिक २०७८, २० : ४१
शनिबार, ०६ कात्तिक २०७८

टी–२० विश्वकप अन्तरगत सुपर १२ को पहिलो खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गरेको छ । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ सय १९ रनको लक्ष्य अस्ट्रेलियाले ५ विकेटको क्षतिमा १९.४ ओभरमा पछ्याएको हो ।

मार्कस स्टोइनिस र म्याथ्यु वेडले नटआउट रहँदै क्रमशः २४ र १५ रन बनाएपछि अस्ट्रेलियाले समूह १ अन्तरगको खेलमा पहिलो जीत हासिल गर्न सफल भएको हो । अस्ट्रेलियाको सुरुवात भने खराब भएको थियो । ३८ रनमा अस्ट्रेलियाले ३ विकेट गुमाइसकेको थियो । तर, स्टिभ स्मिथ र ग्लेन म्याक्सवेलले पारी सम्हालेका थिए । स्मिथले ३५ तथा म्याक्सवेलले १८ रन बनाए । दुवै १ रनको अन्तरमा आउट भएपछि स्टोनिस र वेडले टोलीलाई जीतसम्म डोर्‍याएका थिए । 

यसअघि मिचेल स्टार्क, जोस हेजलवुड र एडम जाम्पाले २–२ विकेट लिएपछि दक्षिण अफ्रिकाको पारी ९ विकेटको क्षतिमा ११८ रनमा सिमित बनेको थियो । दक्षिण अफ्रिकाका लागि एडेन माक्रमले सर्वाधिक ४० रन तथा अन्त्यतिर कागिसो राबाडाले नटआउट रहँदै १९ रनको योगदान दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप