शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माउन्टको ह्याट्रिकमा चेल्सीको गोल वर्षा

शनिबार, ०६ कात्तिक २०७८, २० : ५४
शनिबार, ०६ कात्तिक २०७८

मेसन माउन्टले ह्याट्रिक गर्दा प्रिमियर लिगको शीर्ष स्थानमा रहेको चेल्सीले पुछारमा रहेको नर्विच सिटीमाथि गोलको वर्षा गरेको छ । शनिबार भएको खेलमा चेल्सी ७–० को विशाल अन्तरले विजयी भएको हो ।

१८ मिनेटभित्र नै थोमस टुकलको टोली २–० ले अघि बनिसकेको छ । खेलको ८ औँ मिनेटमा माउन्टले चेल्सीलाई अग्रता दिलाए भने क्यालम हडसन ओडोइले अग्रता दोब्बर बनाए । दुवै खेलाडीको सिजनमा यो पहिलो गोल थियो । पहिलो हाफ सकिन लाग्दा माउन्टले रिस जेम्सका लागि तेस्रो गोलको अवसर सिर्जना गरे ।

दोस्रो हाफको शुरुवातमा नै बेन चिलवेलले चेल्सीको चौथो गोल गरे भने ६२ औँ मिनेटमा नर्विचले आत्मघाती गोल गर्‍यो । लगत्तै बेन गिबसनले रातो कार्ड पाएपछि नर्विच १० खेलाडीमा सिमित बन्यो । ८५ औँ मिनेटमा पेनाल्टीबाट माउन्टले व्यक्तिगत दोस्रो गोल गरे भने इन्जुरी समयमा अर्को गोल थप्दै आफ्नो ह्याट्रिक पुरा गरे । ९ खेलपछि चेल्सी २२ अंक बटुल्दै लिगको शीर्ष स्थानमा रहेको छ । हालसम्म एक पनि जीत हासिल गर्न नसकेको नर्विच मात्र २ अंकसहित लिगको पुछारमा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप