शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इंग्लिस बलरसामु निरीह बन्यो वेस्ट इन्डिज

शनिबार, ०६ कात्तिक २०७८, २१ : १४
शनिबार, ०६ कात्तिक २०७८

विश्वकप टी–२० अन्तरगत समूह १ को दोस्रो खेलमा वेस्ट इन्डिज इंग्ल्याण्डविरुद्ध मात्र ५५ रनमा अलआउट हुन पुगेको छ । इंग्लिस बलरहरुको घातक बलिङसामु वेस्ट इन्डिज मात्र १४.२ ओभरमात्र टिक्न सक्यो ।

इंग्ल्याण्डका लागि आदिल रसिदले मात्र २.२ ओभर बलिङ गर्दै २ रन खर्चेर ४ विकेट लिए । त्यस्तै टाइमाल मिल्स र मोइन अलीले २–२ विकेट लिए । उता, टस हारेर ब्याटिङमा उत्रेको वेस्ट इन्डिजका ब्याट्सम्यानहरुमा क्रिस गेलबाहेक कसैले दोहोरो अंकमा रन समेत जोड्न सकेनन् । गेलले सर्वाधिक १३ रन बनाए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप