साताको कार्टुन : जनताको दुःखमाथि सत्ताको मजाक
आइतबार, ०७ कात्तिक २०७८, ०६ : ४२
गत साता बेमौसमी वर्षाले देशभर ठुलो विध्वंश मच्चायो । वर्षापछि आएको बाढी पहिरोमा परी सयौँले ज्यान गुमाए, कयौँ घरबारविहीन भए । यसको सबैभन्दा ठुलो मारमा किसान परे । जनता दुःखमा परिरहँदा सरकार र सत्तारुढ दलका नेताले भने भद्दा नाटक मञ्चन गरिरहे । प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली बाढी पहिरो प्रभावित क्षेत्रमा अनुगमनका लागि त पुगे तर त्यहाँ उनको स्वागतमा गरिएको तामझामको यतिबेला चर्को आलोचना भइरहेको छ । वास्तविक पीडितले त प्रधानमन्त्री आएको–गएको पत्तो नै पाएन भनिरहेका छन् । उता, सत्तारुढ दलकै अर्का नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुःखको बेला जनताको साथमा हुनुपर्नेमा सोही समय र्याफ्टिङ र जीपलाइनको मज्जा लिइरहेका थिए । सामाजिक सञ्जालमा उनको तस्बिरमा प्रतिक्रिया आइरहेका थिए – रोम जलिरह्यो, निरो बाँसुरी बजाइरहे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
-
मधुमेहको लक्षण, बच्ने उपाय र उपचार
-
विश्व बैंक र आईएमएफको बैठक सकेर स्वदेश फर्किँदै अर्थमन्त्री पुन
-
प्रेमिका र फूल
-
पार्टी विरोधीले मिथ्या सूचना र भ्रामक प्रचारलाई हतियार बनाइरहेका छन् : केपी ओली