शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सेनाको विभिन्न निकायमा कर्मचारी माग, सूचना हेर्नुहोस्

आइतबार, ०७ कात्तिक २०७८, ०८ : १२
आइतबार, ०७ कात्तिक २०७८

नेपाली सेनाले आफू मातहतका विभिन्न निकायहरुमा रिक्त रहेका पदहरुमा पदपूर्तिका लागि आवेदन माग गरेको छ । सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायहरुमा करार सेवामा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान भएको सैनिक कल्याणकारी महानिर्देशनालयले जनाएको छ ।  

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र महानिर्देशनालय, जंगी अड्डा र सम्बन्धित महाविद्यालय तथा विद्यालयका साथै सैनिक अस्पतालहरुमा दरखास्त दिन सक्नेछ । 

सेनाले कल्याणकारी कोष अन्तर्गत अस्पताल, विद्यालय, पेट्रोलपम्प लगायत सञ्चालन गर्दै आएको छ । आइतबार सेनाले निकालेको सूचनाअनुसार दरखास्त आह्वान भएका पदहरुमा खुला प्रतिस्पर्धाद्वारा नियुक्ति गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप