शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘माया लाउनै जानिन’ मा सुधीर र विनाको रोमान्स

आइतबार, ०७ कात्तिक २०७८, ११ : २५
आइतबार, ०७ कात्तिक २०७८

गायक रविन बर्तौला र गायिका विन्दु परियारको स्वर रहेको गीत ‘माया लाउनै जानिन’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक बर्तौलाकै शब्द र संगीत रहेको गीत रोमान्टिक थिममा तयार भएको छ ।

प्रेम र रोमान्स गर्ने उमेरका युवायुवतीले थाहै नपाई हेराहेरमा लगाइने माया प्रेम र रोमान्सको कथा भिडियोमा देखाउन खोजिएको भिडियोमा सुधीर श्रेष्ठ र विना राउतको अभिनय छ । रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोको छायाङ्कन बाबु श्रेष्ठले गरेका हुन् भने अच्युत बजगाईको सम्पादन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप