शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चीनको नेपाल, श्रीलङ्का र माल्दिभ्समा भारी लगानीले दक्षिण एशियाको स्थिरतामा खतरा : भारतीय जनरल रावत

आइतबार, ०७ कात्तिक २०७८, ११ : ५७
आइतबार, ०७ कात्तिक २०७८

भारतका प्रमुख रक्षा अध्यक्ष जनरल विपिन रावतले चीनको शक्ति हासिल गर्ने विश्वस्तरीय महत्वाकांक्षाका कारण दक्षिण एशियाको स्थिरतामाथि ‘सर्वव्यापी खतरा’ भएको शनिबार बताएका छन् । जनरल रावतले एक उदाउँदो विश्व शक्तिको रुपमा आफ्नो स्थितिलाई बलियो बनाउन लागि चीन दक्षिण एशिया र हिन्द महासागरमा आफ्नो व्यापक उपस्थिति बनाउँदैछ । उनले सो कुरा प्रथम रविकान्त सिंह मेमोरियल लेक्चरमा बताए ।

उनले भने, ‘हामीले देखिरहेका छौं कि यो क्षेत्रमा आफ्नो हितको पूरा सुरक्षा प्रदान गर्नका लागि चीनद्वारा भू–रणनीतिक स्पर्धाको साथै भारी लगानी गरिँदैछ । यो क्षेत्रमा आफ्नो रणनीतिक प्रवेशका लागि चीनले नेपाल, श्रीलङ्का र माल्दिभ्समा उल्लेखनीय लगानी गरेको छ । यसबाहेक हालैका दिनमा उसले बंगलादेश र म्यानमारलाई पनि भारी सैन्य सहायता पनि दिएको छ ।’

जनरल रावतका अनुसार म्यानमार र बंगलादेशमा चीनको घुसपैठ भारतको राष्ट्रिय हितका लागि ठिक छैन किनभने यो भारतलाई घेर्ने प्रयास छ । उनका अनुसार यसकारण दक्षिण एशियाको स्थिरतामा खतरा पैदा भएको छ ।

उनले भने, ‘भारतविरुद्ध पाकिस्तान प्रायोजित आतंकवाद र गैर सरकारी संगठनको गतिविधि दुबै देशबीच शान्ति प्रक्रियामा बाधा हो । चीनसँग पाकिस्तानको विभिन्न क्षेत्रमा साँठगाँठ पनि भारतविरुद्ध हो ।’

सरकार र सेनामाथि विश्वास राख्नुहोस्

पछि पत्रकार सम्मेलनमा जनरल रावतले भने, ‘चीनसँग सीमा विवादलाई समग्रतमा हेर्नुपर्छ, लद्दाख सेक्टर वा पूर्वोत्तरका राज्यसँग मात्रै जोडिएको भनेर हेर्नुहुँदैन । पहिला पनि दुई देशबीच थुप्रै विवाद थिए जसलाई कुराकानीमार्फत सुल्झाइएको छ । यसपटक भने दुई देशबीचको शंका गहिरो छ र यसका लागि समाधानमा समय लाग्नेछ । मानिसहरुले सरकार र सेनामाथि विश्वास राख्नुपर्छ । साथै, क्षेत्रमा चीनको प्रभाव कम गर्नका लागि भारतले आफ्ना छिमेकी देशसँग संवाद अघि बढाउनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप