शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सल्यानमा जिप दुर्घटना : एकको मृत्यु,  ७ घाइते

आइतबार, ०७ कात्तिक २०७८, १२ : ०७
आइतबार, ०७ कात्तिक २०७८

सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने  ७ जना घाइते भएका छन् । दुर्घटनामा परी जिल्लाको  बागचौर नगरपालिका निवासी १८ वर्षीय आशिष बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार विहान करिव ७ः ५० बजे सल्यानको बागचौरबाट दाङ तर्फ गइरहेको भे १ च १८९० नम्बरको बोलेरो जीप कपुरकोट ३ स्थित मूलपानी वनस्पति उद्यान नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता अर्जुन पौडेलले जानकारी दिए । दुर्घटनामा घाइतेहरुको उपचार प्रादेशिक अस्पताल तुल्सीपुरमा भइरहेको छ ।

घाइतेहरूमा बागचौर नगरपालिका वडा न १ का  निवासी अन्दाजी १४ वर्षीय आयुष बस्नेत, २२ वर्षीय मनोज बस्नेत, बानपा २ का अन्दाजी २७ वर्षीय सीता वली, २८ वर्षीय बबिता रावल र निजको ११ वर्षीय छोरी एसीका रेउले तथा गाडी चालक बानपा २ का १९ वर्षीय हिक्मत पुन मगर रहेको प्रहरीले जनाएको छ । बबिताको अवस्था  गम्भीर  भएपछि  थप  उपचारका लागि  नेपालगन्ज  रिफर  गरिएको  प्रहरीले जनाएको  छ । 

यस्तै, बानपा २ कै १९ वर्षीय अर्जुन केसीको अवस्था सामान्य छ । उनको कपुरकोटस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको ​ रहेको प्रहरीले जनाएको छ । गाडी सडकबाट एक सय मिटरभन्दा तल खोल्सामा खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप