शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय अपाङ्ग महासंघको बागमती प्रदेश अधिवेशन हेटौंडामा

आइतबार, ०७ कात्तिक २०७८, १४ : २२
आइतबार, ०७ कात्तिक २०७८

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशको अधिवेशन हेटौंडामा​ हुने भएको छ । प्रदेश समितिको चौथो साधारणसभा तथा दोश्रो अधिवेशन हेटौंडामा आगामी मंसिर २४ र २५ गते हुने भएको हो । अधिवेशनले आगामी ३ वर्षका लागि १९ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

अधिवेशनमा मतदान गर्नुपर्ने अवस्था आएमा अपाङ्गता भएका व्यक्तिहरूकोे विविधतालाई मध्यनजर गर्दै पहुँचयुक्त विद्युतीय भोटिङ मेसिन प्रयोग गरी मतदान गर्ने व्यवस्था मिलाइने महासंघ बागमती प्रदेश अध्यक्ष अस्विन लम्सालले बताए ।

आइतबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा अधिवेशनको सन्दर्भमा जानकारी दिँदै महासंघका सचिव कृत्तन श्रेष्ठ दुवालले अधिवेशनमा १ सय ३७ वटा संस्थाका प्रतिनिधि सहभागी हुने बताए । प्रत्येक संस्थाबाट एक महिलासहित दुईजना प्रतिनिधिले अधिवेशनमा सहभागिता जनाउने समेत सचिव श्रेष्ठले बताए ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष लम्सालले सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको सहकार्यमा मन्त्रालयभित्र अपाङ्गता सूचना केन्द्र स्थापना गर्न महासंघ सफल भएको बताए । महासंघको पहलमा बागमती प्रदेशको १ सय १९ स्थानीय तहमा समूदायमा आधारित पुनःस्थापना कार्यक्रम सञ्चालन गर्ने बजेट विनियोजन गरिएको उनले बताए ।

प्रतिकूलतामा पनि कोभिड महामारीसँग जुध्दै छोटो समयमा केही सफलताहरु हासिल गर्दै आफ्नो तीन वर्षीय कार्यकाल पूरा भएको उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप