शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जितेर आलोचकलाई चुप लगाउँछु : रोनाल्डो

आइतबार, ०७ कात्तिक २०७८, १५ : ०९
आइतबार, ०७ कात्तिक २०७८

म्यानचेस्टर युनाइटेड फर्किएयता क्रिस्टियानो रोनाल्डोले निरन्तर गोल गरिरहेका छन् । तर, टिमको डिफेन्समा पर्याप्त मेहनत गर्न नसकेको भन्दै उनको आलोचना पनि भइरहेको छ । अहिले रोनाल्डोले यसको जवाफ फर्काएका छन् । ‘मलाई थाहा छ, टिमलाई कतिबेला रक्षापंक्तीमा मेरो सहयोग चाहिन्छ,’ स्काई स्पोर्टस्सँगको कुराकानीमा रोनाल्डोले भने,‘तर मेरो भूमिका क्लबलाई जिताउने हो । टिमबाट गोल गर्ने हो । रक्षात्मक भूमिका मेरो कामको एउटा पाटोमात्रै हो ।’

रोनाल्डोले खेल जित्दैं आफ्ना आलोचकहरुको मुख बन्द गर्ने बताए । ‘मलाई मन नपराउनेहरुले मैले गरेका राम्रा काम देख्दैनन् । इमानदारीसाथ भन्नुपर्दा म ३६ वर्षको भएँ र सबैकुरा जितिसकेको छु । मानिसले मेराबारे के नराम्रो भनें भनेर म चिन्तित हुन्छु होला र ? म राती राम्रोसँग सुत्छु । सकारात्मक सोचेर सुत्छु । यसरी नै अघि बढ्छु किनकी म अझै मुख बन्द गराउँछु र जित्छु ।’

यद्यपी, आलोचना पनि कामकै एउटा पाटो रहेको उनले स्विकारे । ‘आलोचना सधैं कामको एउटा पाटो हो । म यसबाट चिन्तित छैन । इमानदारीपूर्वक भन्नुपर्दा म यसलाई राम्रो कुराका रुपमा हेर्छु । यदी कोही मेरोबारे चिन्तित हुन्छ र बोल्छ भने उसले फुटबलमा अझै पनि मेरो संभावना र मुल्यलाई बुझिरहेको हुन्छ । यो राम्रो हो ।’ रोनाल्डोको म्यानचेस्टर युनाइटेडले आइतबार इंलिस प्रिमियर लिग फुटबलमा लिभरपुलको सामना गर्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप