शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम बढेन

आइतबार, ०७ कात्तिक २०७८, १५ : २८
आइतबार, ०७ कात्तिक २०७८

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७ अंकले बढेर बन्द भएको छ । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्सेमा उत्साहजनक वृद्धि आएको हो । यसक्रममा आज २ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएर ५८ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ । बजार दोहोरो अंकले बढेपनि आज व्यापार समूहमा ३२.४७ अंकको गिरावट आएको छ ।

यसबाहेक, अन्य सबै समूहमा उत्साहजनक सुधार आएको छ । उत्पादनमूलक समूह १०५ अंक, वित्त ८९ अंक, विकास बैंक ७२ अंक, जीवन बीमा ६७ अंक र लघुवित्त समूहमा ५३ अंकको सुधार आएको छ । वेस्ट फाइनान्स र रिदि हाइड्रोपावर विकास कम्पनीको सेयर मूल्य समान १०/१० प्रतिशतले बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप