शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सर्पोट लघुवित्तले ३१ प्रतिशत लाभांश दिने, बोनस मात्रै ३० प्रतिशत

आइतबार, ०७ कात्तिक २०७८, १६ : ३७
आइतबार, ०७ कात्तिक २०७८

सर्पोट लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई आकर्षक लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट ३१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ३० प्रतिशत (१ करोड ९८ लाख) र १.५७ प्रतिशत (१० लाख ४२ हजार) रुपैयाँ नगद लाभांश दिने भएको हो ।

कम्पनीको १६८औं सञ्चालक समितिको बैठकले कुल चुक्ता पूँजी ६ करोड ६० लाखबाट उक्त लाभांश वितरण गर्न लागेको हो । उक्त प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित हुनुपर्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप