पाँच फाइनान्समाथि राष्ट्र बैंकको कारबाही
नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा पाँचवटा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले स्थलगत सुपरीवेक्षण गर्दा वित्तीय अनुशासन नमानेको पाइएपछि फाइनान्स कम्पनीहरुलाई जरिवाना सहितको कारबाही गरेको हो ।
अनिवार्य मौज्दात नपुर्याउने, तोकिएअनुसार विपन्न वर्ग कर्जा परिचालन नगर्ने र (पूँजी तथा निक्षेप कर्जाको अनुपात) सीसीडी रेसियो पुरा नगरेका फाइनान्स कम्पनीलाई कारबाही गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । अनिवार्य मौज्दात नराखेपछि समृद्धि फाइनान्सलाई १३८ रुपैयाँ र गुडवील फाइनान्सलाई २ हजार ८०७ रुपैयाँ जरिवाना गरिएको छ ।
यस्तै राष्ट्र बैंकले तोके बमोजिम विपन्न वर्ग कर्जा परिचालन नगरेको सिटी एक्सप्रेस फाइनान्सलाई २ लाख ५९ हजार ७५१ रुपैयाँ र जानकी फाइनान्सलाई ३१ लाख ९२ हजार ३०८ रुपैयाँ जरिवाना गरिएको छ ।
यसबाहेक ललितपुर फाइनान्स चारपटक कारबाहीमा परेको छ । ललितपुरले गत वर्षको प्रथम त्रैमासमा तोकिएअनुसार विपन्न वर्ग कर्जा परिचालन नगर्दा ७ लाख ११ हजार ६४६ रुपैयाँ, तेस्रो त्रैमासमा ६ लाख ६७ हजार २७३ र ६ लाख ७८ हजार ७३ रुपैयाँ जरिवाना गरिएको छ । यसका साथै, गत वर्ष तोकिएको सीसीडी रेसिया कायम नगर्दा ललितपुर फाइनान्स ६४ हजार ५७२ रुपैयाँ जरिवानामा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वभर किन बढ्दै छन् प्रोस्टेट क्यान्सरका बिरामी ?
-
इटालीका राष्ट्रपति माटारेलासमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
फेरि धरमरायो प्रचण्ड सरकार, गठबन्धन टिक्नेमा सत्ताधारी दलहरूलाई नै शङ्का
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै
-
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल