शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टी २० विश्वकप : बंगलादेशले श्रीलंकालाई दियो १ सय ७२ रनको लक्ष्य

आइतबार, ०७ कात्तिक २०७८, १७ : ५७
आइतबार, ०७ कात्तिक २०७८

टी २० विश्वकप क्रिकेटमा बंगलादेशले श्रीलंकालाई खेल जित्नका लागि १ सय ७२ रनको चुनौती दिएको छ । शारजाह मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४ विकेट गुमाएर १ सय ७१ रन बनाएको हो । बंगलादेशबाट ओपनर महोम्मद नैमले ५२ बलमा ६२ रनको इनिङ्ग्स खेलेका थिए । उनले यसक्रममा ६ चौका प्रहार गरे । त्यस्तै, मुसफिकर रहिमले अविजित ५७ रन बनाए ।

उनले ३७ बल सामना गर्दै ५ चौका र २ छक्का लगाएका थिए । त्यस्तै, महमदुल्लाहले अविजित १० रनको योगदान गरे । यसअघि लिट्टोन दास १६, सकिव अल हसन १० र अफिफ हुसैन ७ रनमा आउ टभएका थिए । श्रीलंकाबाट चामिका करुनारत्ने, बिनुरा फर्नान्डो र लाहिरु कुमाराले एक एक विकट लिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप