शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मोहन वैद्य डिस्चार्ज

आइतबार, ०७ कात्तिक २०७८, १९ : ०९
आइतबार, ०७ कात्तिक २०७८

दमको समस्या बढेर थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेकपा माओवादी (क्रान्तिकारी)का महासचिव मोहन वैद्य(किरण) डिस्चार्ज भएका छन् । स्वास्थ्य समस्यामा सुधार भई सामान्य अवस्था बनेपछि उनलाई आइतबार अपरान्ह डिस्चार्ज गरिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

दमको समस्या बढेपछि उनलाई गत आइतबारबाट नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । त्यसपछि वार्डमा सारेर उपचार थालिएको थियो । 
सो क्रममा उनको अवस्था खतरामुक्त र सामान्य बनेपछि डिस्चार्ज गरिएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् । 

उनी अस्पतालमा रहँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, उपराष्ट्रपति नन्दकिशोर पुन, गृहमन्त्री बालकृष्ण खाँड लगायतका नेता तथा उच्च सरकारी अधिकारीले भेटेर स्वास्थ्यलाभको कामना गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप