सुदूरपश्चिममा मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो, २२ अझै बेपत्ता
बाढिपहिरो तथा प्राकृतिक विपत्तिबाट बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ । गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृतिक विपद्को घटनामा परी आजसम्म यस प्रदेशमा ३७ जनाको मृत्यु भएको हो । बाढीपहिरो, डुबानमा परी सुदूरपश्चिममा सबैभन्दा बढी डोटीमा १६ जनाको मृत्यु भएको छ । बझाङमा १२, बैतडीमा चार, डडेल्धुरामा तीन, अछाम र कैलालीमा एक÷एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
विपद्मा परी यस प्रदेशमा २२ जना बेपत्ता रहेका छन् । बझाङमा १९ र बैतडी, डोटी, कैलालीमा एक÷एक बेपत्ता रहेका हुन् । यस्तै विपद्मा परी १७ जना घाइते छन् । डोटीमा ११, डडेलधुरा र बैतडीमा दुई/दुई र बझाङ र बाजुरामा एक/एक जना घाइते भएका हुन् ।
विपद्मा परी बाजुरा, डोटी, डडेल्धुरा, बझाङ, जिल्लामा गरी १०० बढी पशुचौपाया मरेका छन् भने ६० बढी बेपत्ता छन् । पहिरोका कारण बझाङमा १२, डोटीमा छ र डडेल्धुरामा दुई गरी २० घरमा पूर्णरुपमा क्षति पुगेको छ । बाढीका कारण यहाँका २१६ घरधुरी डुबानमा परेकामा ४३० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको जनाइएको छ । वर्षाका कारण डडेल्धुरामा केआइसिंह राजमार्ग, दार्चुलामा महाकाली राजमार्ग, बझाङमा जयपृथ्वी राजमार्ग अवरुद्ध रहेको र खुलाउने प्रयास भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बन्द भएको टेलिफोन र इन्टरनेट सेवा भने सुचारु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी