शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एल क्लासिको : बार्सिलोना घरेलु मैदानमै पराजित

आइतबार, ०७ कात्तिक २०७८, २२ : ०१
आइतबार, ०७ कात्तिक २०७८

सिजनको पहिलो एल क्लासिकोमा रियल म्याड्रिडले चिर प्रतिद्वन्द्वी बार्सिलोनालाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । आइतबार राति भएको ला लिगाअन्तरगतको खेलमा रियल क्याम्प नाउमा २–१ गोलअन्तरले विजयी बनेको हो ।

खेलको पहिलो हाफको ३२ औँ मिनेटमा डेभिड आलाबाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । क्लासिकोमा उनको यो पहिलो गोल हो । उनी यो सिजनको सुरुवातमा बायर्न म्युनिखबाट रियलसँग अनुबन्ध भएका हुन् । दोस्रो हाफको इन्जुरी समयमा लुकास भाज्क्वेजले गोल गर्दै रियलको जीत सुनिश्चित गरे । 

इन्जुरी समयको अन्तिम मिनेटमा सर्जियो अगुएरोले एक गोल फर्काए पनि उक्त गोल सान्त्वना गोलमात्र बन्न पुग्यो । जीतसँगै रियल लिगको शीर्ष स्थानमा उक्लिएको छ भने बार्सिलोना लिगको आठौँ स्थानमा सिमित बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप