शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाले टाउकोको मूल्य ५० लाख डलर तोकेको कोलम्बियाका कुख्यात लागू औषध तस्कर यसरी पक्राउ परे

सोमबार, ०८ कात्तिक २०७८, १० : ३३
सोमबार, ०८ कात्तिक २०७८

कोलम्बियामा ड्रग्सको तस्करी गर्ने सबैभन्दा ठूला तस्कर र देशको सबैभन्दा ठूलो आपराधिक गिरोहका सदस्यलाई पक्राउ गरेको छ जसलाई कोलम्बियाले मात्रै नभई अमेरिकाले पनि खोजिरहेको थियो ।

ओटोनिएल नामबाट परिचित जानेवाले डेयरो एन्टोनियो उसागाको सुराग दिनेलाई कोलम्बिया सरकारले ८ लाख डलर ९ करोड ५५ लाख रुपैयाँ इनाम राखिएको थियो जबकी अमेरिकाले उनको टाउकोको मूल्य योभन्दा थुप्रै गुणा बढी ५० लाख डलर अर्थात् लगभग ६० करोड रुपैयाँको इनाम तोकेको थियो ।

ओटोनिएलका सेना, वायुसेना र प्रहरीको एक संयुक्त अभियानमा उनी पक्राउ परेका हुन् ।

यसको घोषणा कोलम्बियाका राष्ट्रपति इवान डूके आफैंले गरेका हुन् ।

उनले टिभीमा यसलाई एक ठूलो सफलता बताउँदै भने, ‘हाम्रो देशमा ड्रग्स तस्करीविरुद्ध पछिल्लो एक शताब्दिमै गरिएको यो अहिलेसम्मको सबैभन्दा ठूलो आघात हो ।’

कसरी बिछ्याइयो जाल ?

ओटोनिएललाई पश्चिमोत्तर कोलम्बियामा पनामासँग जोडिएको सीमा नजिकै एन्टिओकिया प्रान्तस्थित एक ग्रामीण इलाकामा उनको भूमिगत स्थानबाट पक्राउ गरिएको हो ।

यो अभियानमा ५ सय सैनिक समावशे भए जसलाई २२ हेलिकोप्टरबाट मद्दत दिइएको थियो । यो अभियानमा एक प्रहरीको निधन पनि भयो ।

सरगनाले यी ग्रामिण इलाकामा थुप्रै घरलाई एउटा जालजस्तो बनाएका थिए जहाँ उनले आफ्नो बासस्थान फेरिरहन्थे, उनीसँग फोन थिएन र सम्पर्कका लागि उनी अरु मानिसहरुलाई प्रयोग गर्दथे जसले सन्देश यताउता प्रवाह गर्ने गर्दथे ।

तर एल टिएम्पो पत्रिकाका अनुसार दुई हप्ता अघि उक्त स्थानबारे पत्ता लगाइयो जहाँ ओटोनिएल बस्ने गर्दथे । त्यसपछि त्यहाँ जाल बिछ्याउने तयारी गर्न थालियो ।

प्रहरी प्रमुख जोर्गे वर्गासले दिएको जानकारी अनुसार ५० भन्दा बढी गोप्य सिग्नलका विशेषज्ञले सेटलाइट तस्बिरको सहारामा सरगनाको गतिविधिमाथि निगरानी गर्न थाले । यसमा अमेरिका र बेलायतका जानकारको पनि मद्दत लिइयो ।

समाचार एजेन्सी एएफपीका अनुसार कोलम्बियाली राष्ट्रपतिले भने, ‘यो कोलम्बियाको सैन्य इतिहासमा कुनै जंगलमा चलाइएको सबैभन्दा ठूलो अभियान थियो ।’

कोलम्बियाको सशस्त्र सेनाले पछि एक तस्बिर जारी गरेका थिए जसमा सैनिकले ओटोनिएललाई घेरेर लैजादैँ गरेका थिए । उनको हातमा हत्कडी लगाइएको थियो ।

हालैका वर्षमा यी ५० वर्षका ग्याङ्गस्टरलाई पक्राउ गर्नका लागि थुप्रै अभियान चलाइए जसमा हज्जारौं प्रहरी अधिकारी मारिए । तर अहिलेसम्म कसैले पनि सफलता हात पार्न सकेका थिएनन् ।

कति शक्तिशाली छ गल्फ क्लेन ?

गल्फ क्लेनलाई सुरुमा उसुगा क्लेन भनिन्थ्यो र यसको पछिल्लो नेता ओटोनिएलका दाइ थिए । लगभग १० वर्ष अघि नयाँ वर्षको एक पार्टीमा प्रहरीको अभियानमा दाइको मृत्यु भएपछि यो क्लेनको कमान ओटोनिएलको हातमा आयो ।

कोलम्बियाको सुरक्षाबलले यो ग्याङ्गलाई देशको सबैभन्दा ठूलो अपराधी गिरोह घोषित गरेको छ । अमेरिका अधिकारीले यसलाई हतियारधारी र अत्यन्तै खुँखार बताउने गर्छन् ।

यो समूह कोलम्बियाको थुप्रै प्रान्तमा सक्रिय छ र यसको सम्बन्ध अन्तर्राष्ट्रिय जगतमा निकै टाढाटाढासम्म फैलिएको छ ।

 यो गिरोह ड्रग्स र मानवको तस्करी, सुनको अवैध उत्खनन र फिरौतीमा संलग्न रहन्छ ।

 यो समूहमा लगभग १८०० हतियारधारी सदस्य छन् जसलाई अति–दक्षिणपन्थी अर्धसैनिक गुटबाट छानेर ल्याइएको छ । यसका सदस्यलाई अर्जेन्टिना, ब्राजिल, होंडुरास, पेरु र स्पेनमा पक्राउ गरिएको छ ।

यो समूह कोलम्बियाबाट अमेरिका र रुससम्म लागुऔषधको तस्करीका लागि प्रयोग हुने थुप्रै बाटोमाथि नियन्त्रण राख्छ ।

गिरफ्तारीपछि अब ओटोनिएलमाथि विभिन्न प्रकारका आरोप दर्ता भएका छन् जसमा अमेरिकामा कोकिन पठाउनु, प्रहरी अधिकारीको हत्या गर्नु र बालबालिकालाई समूहमा समावेश गर्नुजस्ता अपराध समावेश छन् ।

ओटोनिएललाई सन् २००९ मा अमेरिकामा दोषी ठहर गरिएको थियो, त्यसैले पनि उनको प्रत्यर्पणको माग पनि हुनसक्छ । यदि यस्तो भएको खण्डमा उनलाई न्यूयोर्कमा अदालतमा पेश गरिनेछ ।

 बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप