मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानी कार्यक्रम प्रस्तोताले भने, ‘शाहरुख खान भारत छोड्नुहोस्, परिवारसँगै पाकिस्तान आउनुहोस्’

सोमबार, ०८ कात्तिक २०७८, ११ : १६
सोमबार, ०८ कात्तिक २०७८

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान अक्टोबर ४ देखि नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) को हिरासतमा छन् र उनले अहिलेसम्म जमानत पाएका छैनन् । आर्यन खानलाई क्रुजमा चलिरहेको एक रेव पार्टीबाट हिरासतमा लिइएको थियो । एनसीबीको आरोप अनुसार आर्यन खान ड्रग्स सिन्डिकेटका हिस्सा हुन् । २३ वर्षका आर्यन खानको गिरफ्तारीको मुद्दा पाकिस्तानमा पनि छाएको छ ।

 पाकिस्तानका विभिन्न स्टार्स र सेलिब्रिटी पनि आर्यन खानको गिरफ्तारीको मामिलामा शाहरुख खानको समर्थन गरिरहेका छन् । अब पाकिस्तानका एक चर्चित कार्यक्रम प्रस्तोता वकार जाकाले पनि शाहरुख खानको समर्थनमा ट्वीट गरेका छन् ।

पाकिस्तानका कार्यक्रम प्रस्तोता वकार जाकाले ट्वीट गरे, ‘शाहरुख खान सर, तपाईं भारत छोडनुहोस् र आफ्नो परिवारसँग पाकिस्तान आएर बस्नुहोस् । नरेन्द्र मोदी सरकारले तपाईंको परिवारमाथि जे गरिरहेको, त्यो पूर्ण रुपमा गलत छ । म शाहरुख खानको समर्थनमा छु ।’

यो ट्वीट पछि उनी मज्जाले ट्रोल भइरहेका छन् ।

वकारको यो ट्वीटको विषयमा केही मानिसहरुको उनको समर्थन गरिरहेका छन् भने कतिले उनको मजाक पनि उडाएका छन् । एक प्रयोगकर्ताले शाहरुखको समर्थनमा लेखे, ‘शाहरुख खानकी श्रीमती हिन्दु हुन् र उनले हिन्दुका चाडपर्व पनि मनाउँछन् । जो व्यक्तिले आफ्नी श्रीमतीको धर्मको पनि सम्मान गर्छ, यो एक सच्चा व्यक्तिको पहिचान हो ।’ यस्तै केही प्रयोगकर्ताले वकार जाकालाई पाकिस्तानको फिल्म उद्योगको खस्कँदो स्थितिबारे याद दिलाए ।

फुरकान नामका एक प्रयोगकर्ताले लेखे, ‘यहाँ उनले फिल्म पाउँदैनन्, हाम्रो इन्डष्ट्रिको हालत त तपाईंलाई थाहै होला, बर्बाद भइसकेको छ । राम्रो विषयवस्तुको यहाँ कुनै आशा छैन । ’ यस्तै साद नामका प्रयोगकर्ताले लेखे, ‘फिल्म पाउन त टाढाको कुरा, यहाँका सबै निर्माता मिलेर पनि उनलाई पारिश्रमिक दिन सक्दैनन् ।’

जिशान वारसी नामका प्रयोगकर्ताले कटाक्ष गर्दै लेखे, ‘हो, शाहरुख कृपया पाकिस्तान आउनुहोस् र हामी टिभी च्यानलको कुनै चियापानको ड्रामामा काम गरौं । जे पनि लेख्ने ? तपाईंबाट यस्तो फजुलको ट्वीट आशा गरेको थिइनँ ।’

आर्यन खान पक्राउ परेपछि थुप्रै बलिउड स्टार्स शाहरुख खानको समर्थनमा देखिए । आर्यन खान जुन दिन हिरासतमा लिइए त्यसै दिन सलमान खान शाहरुख खानको घर मन्नत पुगेका थिए । फिल्म निर्माता सञ्जय गुप्ता र डिजाइनर फराह खान अलीले पनि आर्यनको विषयमा शाहरुख खानलाई समर्थन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप