
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्री दर १२० रुपैयाँ १३ पैसा रहेको छ । यस्तै, युरोपियन यूरो एकको खरिद दर १३९ रुपैयाँ २४ पैसा र बिक्री दर १३९ रुपैयाँ ९४ पैसा रहेको छ भने आज यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६४ रुपैयाँ ४८ पैसा र बिक्री दर १६५ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ४९ पैसा र बिक्री दर १३१ रुपैयाँ १५ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ २३ पैसा र बिक्री दर ८९ रुपैयाँ ६८ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ७० पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ५३ पैसा र बिक्री दर १० रुपैयाँ ५९ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिद दर १८ रुपैयाँ ७२ पैसा र बिक्री दर १८ रुपैयाँ ८१ पैसा रहेको बैंकले जनाएको छ ।
साउदी अरेबियन रियाल आज एकको खरिद दर ३१ रुपैयाँ ८७ पैसा र बिक्री दर ३२ रुपैयाँ ०३ पैसा रहेकोमा यता कतारी रियाल आज एकको खरिद दर अधिकतम ३२ रुपैयाँ ८३ पैसा र बिक्री दर ३२ रुपैयाँ ९९ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ