शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरको मनहरीमा एक पुरुष मृत फेला

सोमबार, ०८ कात्तिक २०७८, ११ : ३४
सोमबार, ०८ कात्तिक २०७८

मकवानपुरको मनहरीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।  सोमबार बिहान मनहरी गाउँपालिका वडा नम्बर–३ हाँडीखोलामा स्थानीय २८ वर्षीय रमेश सुवेदीका शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनी झुण्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।

आफ्नै घरबाट करिब ५ सय मिटर भित्रको जंगलमा झुण्डिएको अवस्थामा सुवेदीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।  उनकाअनुसार हाल घटनास्थल सिल गरी प्रहरी टोलीले घटनास्थल र शवको मुचुल्का उठाउने काम गरिरहेको छ । 

मुचुल्का उठाएपछि पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइने प्रहरी नायव उपरीक्षक रिमालले बताए । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप