मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी अस्पतालमा अनियमितताको आशंका , छानबिन गर्न समिति गठन

सोमबार, ०८ कात्तिक २०७८, ११ : ३८
सोमबार, ०८ कात्तिक २०७८

नेपाल प्रहरी अस्पतालमा अनियमितता भएको आशंकामा छानबिन थालिएको छ । अस्पताल प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. आशा सिंहले अस्पतालमा आवश्यक सामग्री खरिद गर्दा अनियमितता गरेको आरोप  छ । त्यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुर परेको थियो । अख्तियारले अस्पतालमा भएको भनिएको अनियमितता छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । 

अनियमितता छानबिनका लागि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको नेतृत्वमा समिति गठन गरिएको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले रातोपाटीलाई बताए । समितिमा आईजीपीको सचिवालयमा कार्यरत डिआईजी वसन्त लामा, उजुरी छानबिन शाखा र कानुन शाखाका प्रतिनिधि सहित ५ जना सदस्य छन् । 

अस्पताल प्रमुख डा. आशाले कमसल औषधी खरिद गर्ने गरेको र आवश्यक सामान नकिनेर अनावश्यक सामग्री किनेर मोटो रकम कमिसन खाने गरेको आरोप छ । प्रहरी अस्पतालका प्रमुख डा. सिंह र डिआईजी डा. मिनराज पाठक बीचमा विवाद छ । आफूलाई पछि पारेर सिंहलाई अस्पताल प्रमुख बनाएकोमा पाठक असन्तुष्ट थिए । नेपाली काँग्रेस निकट मानिने पाठक डा. आशालाई हटाएर आफू प्रमुख बन्ने चलखेलमा लागेको जानकारहरू बताउँछन् । 

अस्पतालमा भएको अनियमितता बारे राष्ट्रिय सतर्कता केन्द्रले पनि छानबिन गरिरहेको छ । एआईजी पोखरेल नेतृत्वको समितिलाई यथाशीघ्र छानबिन प्रतिवेदन बुझाउन कार्यादेश दिइएको प्रहरी प्रवक्ता कुवरले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप