चीनमा पुनः कोरोनाभाइरसको संक्रमण बढ्दो
सोमबार, ०८ कात्तिक २०७८, ११ : ३९
चीनमा एकपटक पुनः कोरोनाभाइरसको संक्रमण फैलिएको र यसका लागि डेल्टा भेरियन्ट जिम्मेवार रहेको बताइएको छ । चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सको रिपोर्ट अनुसार पछिल्लो एक हप्तामा चीनको ११ प्रान्तमा कोरोनाभाइरस पुनः फैलिएको छ ।
चीनको वरिष्ठ स्वास्थ्य अधिकारीले डेल्टा भेरियन्टको यो मामिला विदेशबाट आएको बताएका छन् । चीनका केही महामारी रोग विशेषज्ञले यो सन् २०२० मा उहानमा फैलिएको संक्रमणपछि सबैभन्दा खतरनाक संक्रमण हुनसक्ने धारणा व्यक्त गरेका छन् ।
पछिल्लो एक हप्तामा चीनमा कोभिड–१९ का १३३ नयाँ संक्रमित भेटिएका छन् जसमध्ये १०६ संक्रमित अन्य देशबाट आएका पर्यटक थिए । । १७ अक्टाबेरपछि चीनका ११ प्रान्तमा घरेलु संक्रमितको संख्यामा पनि वृद्धि भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एभरेस्टको फिस मसलामा ‘पेष्टिसाइड’
-
एमाले प्रतिनिधि परिषद् बैठकमा २ हजार ५५४ सहभागी हुने
-
सुदूरपश्चिमका प्रदेश प्रमुखको कदम असंवैधानिक : कांग्रेस
-
गण्डकीका प्रदेश प्रमुख र सरकारबाट अदालतको अवहेलना भयो : कांग्रेस
-
कोशी प्रदेश सभाबाट सङ्कल्प प्रस्ताव पारित
-
कन्सुलरका कर्मचारीलाई इजरायलभित्र हिँडडुल सीमित गर्न अमेरिकाको आग्रह