ad

अमेरिकाद्वारा नेपाललाई १ लाख ६२० मात्रा खोप सहयोग, थप सहयोगको प्रतिबद्धता

person explore access_timeकात्तिक ८, २०७८ chat_bubble_outline0

अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको थप खोप उपलब्ध गराएको छ । गत असारमा गरिएको १५ लाख मात्राको जोन्सन एण्ड जोन्सन खोपका अतिरिक्त अमेरिकाले अहिले फेरि फाइजरको खोप उपलब्ध गराएको हो ।  सोमबार एक विज्ञप्तिमार्फत नेपालस्थित अमेरिकी दूतावासले खोप नेपाल सरकारलाई हस्तान्तरण गरेको जनाएको छ ।


महामारीको समयमा नेपाललाई जारी सहयोगको हिस्सास्वरुप अमेरिकाले खोप निःशुल्क र पूर्वशर्तबिना अनुदानमा प्रदान गरेको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा युएसएआईडी नेपालका निर्देशक सेपिड केभान्साबाट मन्त्रालयका सचिव डा.रोशन पोखरेललाई खोप हस्तान्तरण भयो ।



युनिसेफमार्फत खरिद गरी टेकुस्थित स्वास्थ्य सेवा विभागमा राखिएका चार थान अत्यन्त न्यून तापक्रमका फ्रिजरमा पछिको समयमा बाँकी मुलुकमा खोप वितरण गर्ने बेला नभएसम्मका लागि उक्त खोप भण्डारण गरिने दूतावासले जनाएको छ ।







‘जीवन रक्षा गर्ने १ लाख ६२० मात्राको फाइजर खोप नेपाललाई अनुदानस्वरुप उपलब्ध गराउँदै कोभिड महामारीको समयमा नेपालप्रतिको हाम्रो सहयोगलाई निरन्तरता दिन पाएकोमा अमेरिकालाई खुशी लागेको छ । यस खोपलाई भण्डारण तथा वितरण गर्नका लागि उचित संरचना सुनिश्चित गर्दै नेपाललाई थप सहयोग गर्न पाएकोमा हामीलाई  गर्व लागेको छ’, उनको भनाइ छ । 



अमेरिकाले आगामी दिनमा पनि थप मात्रा खोप उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।