शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक

सोमबार, ०८ कात्तिक २०७८, १२ : ३०
सोमबार, ०८ कात्तिक २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ ।  सुदूरपश्चिम र प्रदेश एकका बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौं फर्किएपछि देउवाले सोमबार मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीका अनुसार आजको बैठकले बाढी–पहिरो पीडितलाई राहत र क्षतिपूर्तिका सन्दर्भमा निर्णय लिने छ । सरकार सञ्चालनका सन्दर्भमा हुने नियमित काम कारबाहीबारे पनि छलफलको एजेण्डा रहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप