नेपाली दूतावास लन्डनको कार्यबाहक राजदूतमा प्रवक्ता खनाल
नेपाली राजदूतावास लन्डनकी नियोग उपप्रमुख एवं प्रवक्ता रोशन खनाल कार्यबाहक राजदूत नियुक्त भएकी छन् । नेपाल सरकारको निर्णयअनुसार बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी आइतबार नेपाल प्रस्थान गरेपछि रिक्त राजदूत पदका लागि खनाल कार्यबाहक राजदूत नियुक्त भएकी हुन् ।
राजदूतावासका तत्कालीन उपनियोग प्रमुख मिनिष्टर काउन्सेलर शरदराज आरण नेपाल परराष्ट्र मन्त्रालय सरुवा भएपछि रिक्त प्रवक्ता र सूचना अधिकारी पदमा खनाल नियुक्त भएकी थिइन् । पाल्पा जिल्लामा जन्मिएकी खनाल कपिलवस्तु हुँदै हाल काठमाडौंमा बसोवास गर्दै आएकी छन् ।
परराष्ट्र सेवामा एक दशकभन्दा बढी समय बिताइसकेकी खनालले यसअघि मन्त्रालयमा उत्तर पूर्वी एसिया डेस्क सम्हाल्दै आएकी थिइन् । शाखा अधिकृतबाट जागिर शुरु गरेकी खनालले इजरायलस्थित नेपाली दूतावासमा समेत फस्ट सेक्रेटरीको रुपमा चार वर्षे कार्यकाल सम्पन्न गरिसकेकी छन् ।
बेलायतका लागि एक्काइसौं राजदूतको रुपमा गत मार्च १ बाट आफ्नो कार्यकाल सम्हाल्दै आएका रेग्मी करिब ८ महिना नपुग्दै नेपाल सरकारको निर्णयअनुसार नेपाल फर्किएपछि नेपाली दूतावास लण्डन राजदूतबिहीन बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ