शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भैरहवामा विराट धर्मसभा सुरु

सोमबार, ०८ कात्तिक २०७८, १४ : २८
सोमबार, ०८ कात्तिक २०७८

रुपन्देहीको भैरहवामा आजबाट ‘विराट धर्मसभा’ शुरु भएको छ । नेपाललाई पुनः हिन्दुराष्ट्र कायम गराउन पहल गर्ने उद्देश्यसहित विश्व ओमकार एकता महाभियानको आयोजनामा धर्मसभा सुरु भएको हो । सभामा प्रवचन दिन भारतको जगन्नाथपुरीस्थित गोवर्द्धन पीठका प्रमुख जगतगुरु शंकराचार्यसहित एकदर्जन भारतीय हिन्दु धर्मगुरुहरु नेपाल आएका छन् ।

आज र भोलि दुई दिनसम्म चल्ने सभामा नेपाल र भारतका धर्मगुरुहरुले प्रवचन दिने कायक्रम रहेको छ ।  महेन्द्र सभागृहमा आज शुरु हुने धर्मसभालाई जगतगुरु शंकराचार्यले आजै सम्बोधन गर्नेछन् । सभामा वैदिक, बौद्ध, जैन, सिख, किरात, बोनलगायत सनातन ओमकार परिवारका सयभन्दा धेरै संस्थाका धर्मगुरुसहित हजारौंको सहभागिता रहेको स्थानीय व्यवस्थापक कृष्णप्रसाद शर्माले बताए । उनले धर्मसभामा विभिन्न ठाउँबाट धर्मगुरुसहित रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, पाल्पा लगायतका जिल्लाबाट समेत सयौं संख्या उपस्थिति रहेको बताए ।

सभामा एक धर्मगुरु र कथावाचकले प्रवचन दिनुका साथै हिन्दु धर्मको रक्षाका सम्बन्धमा छलफल र बहस हुने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप