बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली दर्शकलाई मनोरञ्जन प्रदान गर्न सोनी लिभ र टेलिनेटबीच साझेदारी

सोमबार, ०८ कात्तिक २०७८, १६ : ०६
सोमबार, ०८ कात्तिक २०७८

सोनी पिक्चर्स नेटवक्र्स ईण्डियाको ओटीटी प्लाटफर्म सोनि लिभले नेपाली दर्शकलाई लक्षित गर्दै टेलिनेटसँग सहकार्य अगाडी बढाएको छ । कम्पनीले नेपालमा सब्सक्रिप्सन गरी सहजै उपभोक्ताहरुलाई स्थानीय बिलिङच्यानलमार्फत भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध गराएको हो ।

यो ओटीटी प्लाटफर्म आईओएस, एण्ड्रोइड र वेवसाइटमा उपलब्ध छन् । र यसमा नेपालमा प्रसारण अधिकार प्राप्त मनोरञ्जनका विशिष्ट ओर्जिनल र प्रीमियम सामाग्रीहरुको ठूलो भण्डार समावेस रहेको छ । नेपालका ग्राहकहरुले www.gfsarena.com वेवसाइटमा गई सोनि लिभको सब्सक्रिप्सन विभिन्न डिजिटल वालेट – ई–सेवा, आइएमई पे वा खल्तीबाट भुक्तानी गरी तुरुन्तै किन्न वा नवीकरण गर्न सक्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप