जनकपुरधाममा जनमत पार्टीका कार्यकर्ताको सिटी जुलुस
सोमबार, ०८ कात्तिक २०७८, १६ : १७
जनमत पार्टीले प्रदेश २ का विभिन्न जिल्लामा सिटी जुलुस प्रदर्शन गरेको छ । सोमबार जनकपुरधामसहित प्रदेशका ८ वटै जिल्ला मुकाममा सो पार्टीका कार्यकर्ताले सिटी जुलुस प्रदर्शन गरेका हुन् । पक्राउ परेका कार्यकर्ताको रिहाइ र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै जनमत पाटीले पूर्व निर्धारित कार्यक्रम अनुसार जुलुस निकालेको हो । जनकपुरधाममा निकालिएको जुलुसले नगर परिक्रमा गरेको थियो ।
जनमत पार्टीले ९ गते पालिकाहरुमा मोटरसाइकल जुलुस, १० गते वडा तहमा कोणसभा र मसाल जुलुस, ११ गते वडास्तरमा प्रशिक्षण चलाउने, १२ गते सदरमुकामहरूमा मसाल जुलुस निकाल्ने कार्यक्रम घोषणा गरेको छ । त्यस्तै १६ गते वडा तथा टोलमा कोणसभा र अन्तरक्रिया कार्यक्रम गरेर जनतासमक्ष आफ्ना मागबारे जानकारी गराउने तथा सर्वपक्षीय जनआन्दोलनसमेत तय गरिने जनमत पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता
-
बलिउडमा डेब्यू गर्दैछिन् अक्षयकुमारकी भान्जी सिमर
-
कर्णालीमा समाजवादीले मुख्यमन्त्रीलाई मत दिने