होण्डा फेस्टिभ बोनान्जाको पहिलो विजेता घोषणा
नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्षित गर्दै होण्डाले ल्याएको ‘होण्डाको फेस्टिभ बोनान्जा’को पहिलो विजेता घोषणा भएको छ । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले घोषित गरेको हो ।
बुटवलको ड्राइभ वे व्हिलस्बाट डब्लूआरभी–एसभीएमटी खरिद गरी संजय नेपालले हरेक हप्ता हुने लक्की ड्र मार्फत तीन लाख ५० हजार नगद उपहार जितेका हुन् ।
यस योजनाअन्तर्गत ग्राहकहरुले होण्डा कारको खरिदमा हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, १ वर्षसम्मको लागि फ्रि इन्स्योरेन्स, १ वर्षसम्मको लागि फ्रि रोड ट्याक्स र ३ वर्षसम्मको लागि फ्रि सर्भिसिङ्गको सुविधा दिएको थियो । यस्तै, ३ वर्षसम्मको लागि स्पेयर पार्टस्मा सात प्रतिशतको छुटका साथै अन्य धेरै फ्रि आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।
यसका साथै हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले ३.५ लाखसम्मको क्यास ब्याक जित्न सक्ने बताइएको छ । यो योजना होण्डाको सबै कारमा सीमित अवधिका लागि मात्र लागू गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महाजात्रा’ र डिग्री माइला’ले दर्शक तानिरहेका बेला आउन लागेका तीन फिल्म
-
लाजियोसँग हारे पनि युभेन्ट्स इटालियन कपको फाइनलमा
-
आईक्यूब इलेक्ट्रिक स्कुटरमा लाइफ टाइम ब्याट्री अस्योरेन्स, मूल्य २ लाख ९९ हजार
-
नोट १३ सिरिजका नयाँ वर्ष अफर अझै जारी
-
जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक छ: मन्त्री बस्नेत
-
गोरखा भूकम्पको ९ वर्ष पूरा, जोखिम उस्तै