बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कंगनालाई सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार

सोमबार, ०८ कात्तिक २०७८, २० : २५
सोमबार, ०८ कात्तिक २०७८

अभिनेत्री कंगना रनावतले सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार प्राप्त गरेकी छन् । सोमबार विज्ञान भवनमा आयोजित ६७ औं राष्ट्रिय पुरस्कार समारोहमा कंगनालाई ‘मणिकर्णिका र ‘पंगा’ अभिनय कारणले उक्त अवार्ड दिइएको हो । आमाबुबाका साथ कंगना पुरस्कार समारोहमा सहभागी थिइन् ।

उपराष्ट्रपति वेंकैया नायडू, सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले नगद र पुरस्कार वितरण गरेको समारोहमा स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुतको फिल्म ‘छिछोरे’ ले सर्वश्रेष्ठ हिन्दी फिल्मको पुरस्कार प्राप्त गर्यो । फिल्मका निर्देशक नितेश तिवारी र निर्माता साजित नाडियाडवाल सम्मानित भए ।

सोही अवसरमा अभिनेता मनोज वाजपेयीले ‘भोंसले’ र धनुषको ‘असुरन’ बाट सर्वोत्कृष्ट अभिनेताको पुरस्कार प्राप्त गरे । कंगनाको यो चौथो राष्ट्रिय पुरस्कार हो भने मनोजको तेस्रो हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप