बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कस्तो रहनेछ आजको मौसम ?

मङ्गलबार, ०९ कात्तिक २०७८, ०७ : ०१
मङ्गलबार, ०९ कात्तिक २०७८

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा  रहेको छ ।

मंगलबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  र तराईका भू-भागमा सामान्यतया सफा देखि आंशिक बदली  रहने छ। देशका थोरै स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । राति भने देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  र तराईका भू-भागमा सामान्यतया सफा देखि आंशिक बदली  रहने छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बुधबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  र तराईका भू-भागमा सामान्यतया सफा देखि आंशिक बदली  रहने छ। देशका थोरै स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका  थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

बिहीबार देशभर आंशिक बदली देखि सामान्यतया सफा  रहने छ। पहाडी भू-भागका एक वा दुई स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका  एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप