शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सूडान : सैन्य कूको विरोधमा उत्रिएकामाथि सेनाको गोलीबारी, सातको मृत्यु

मङ्गलबार, ०९ कात्तिक २०७८, ०८ : ०३
मङ्गलबार, ०९ कात्तिक २०७८

सूडानमा सैन्य कूको विरोध गरिरहेका प्रदर्शनकारीमाथि सैनिकको गोलीबारीमा सातजनाको मृत्यु भएको छ भने १ सय ४० जना घाइते भएका छन् । सूडानमा सेनाले अन्तरिम सरकारमाथि कू गरेपछि देशको कमान आफ्नो हातमा लिएको छ ।

सेनाले आपतकालको घोषणा गर्र्दै प्रधानमन्त्री र अन्य नेतालाई पक्राउ गरेको छ । सैन्य कूको विरोधमा प्रदर्शनकारी सडकमा उत्रिएका छन् । राजधानी खार्तूममा स्थानीय स्तरमा विरोध प्रदर्शन आयोजना गर्नेहरुको गिरफ्तारीका लागि सेना घर–घर गइरहेको बताइएको छ ।

संसारभरी यो सैन्य कूको आलोचना भइरहेको छ र अमेरिकाले सूडानलाई दिइने ७० करोड डलरको मद्दत रोकेको छ ।  सैन्य कूको नेतृत्व गर्ने जनरल अब्देल फतह अल बुरहानले यो सैन्य कारवाहीका लागि राजनीतिक झगडालाई जिम्मेवार बताएको छ ।

 


लामो समयदेखि शासक रहेका उमर अल–बशीरलाई दुई वर्षअघि सत्ताबाट हटाएपछि राजनेता र उनका सैन्य समकक्षबीच मतभेद चलिरहेको छ ।

 बीबीसी अरबीका मोहम्मद उस्मानले राजधानी खार्तूमबाट दिएको जानकारी अनुसार सोमबार रातीदेखि नै ठूलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका थिए । उनी सरकारको बहालीको माग गरिरहेका थिए ।

एक घाइते प्रदर्शनकारीले मिडियासँगको कुराकानीमा उनलाई सैन्य मुख्यालयबाहिर खुट्टामा सेनाको गोली लागेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप