पाँचथर बाढी : थप एक जनाको शव भेटियो, मृतकको संख्या ३१ पुग्यो
बाढीले बगाएर एक सातादेखि बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ । मोटरसाइकलमा घर फर्कने क्रममा स्थानीय मालुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता बनेका पाँचथरको फिदिम नगरपालिका–६ सिवाका प्रेम आलेमगरको शव सोमबार फेला परेको हो । मालुवा आएको बाढीले उनीसहित उनकी भतिजी सम्पदा आलेमगरसमेतलाई बगाई बेपत्ता बनाएको थियो । स्थानीयवासी र प्रहरीले खोजी जारी राखेकामा सम्पदाको शव तीन दिनअघि यहाँको शिवाखोलामा फेला परेको थियो । प्रेमको शव सोमबार शिवाखोलामै फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
यससँगै पाँचथरमा बाढीपहिरामा परी कारण ज्यान गुमाउनेको सङ्ख्या ३१ पुगेको छ । बाढीपहिरामा परी अझै तीन बेपत्ता छन् । उनीहरु सबै जिल्लाको मिक्लाजुङ गाउँपालिकाका हुन् ।
बेपत्ताको खोजीका लागि प्रहरीको तालिमप्राप्त कुकुर झिकाइएको छ । तालिमप्राप्त कुकुरसहितको टोली सोमबार मिक्लाजुङ–४ रबि आइपुगेको र आजदेखि खोजी सुरु हुने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी