बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कृषि पुस्तक नेपालको माटो प्रकाशित

मङ्गलबार, ०९ कात्तिक २०७८, १० : ३०
मङ्गलबार, ०९ कात्तिक २०७८

नेपालको माटो (The Soils of Nepal) नामक पुस्तक अन्तर्राष्ट्रिय प्रकाशक स्प्रिन्जर नेचर (Springer Nature) बाट प्रकाशित भएको छ  । उक्त पुस्तक वैज्ञानिकद्वय रोशनबाबु ओझा र दिनेश पाण्डेद्वारा सम्पादन गरिएको हो  । नेपाल र नेपाल बाहिर रहनुभएका नेपालको माटोमा अनुसन्धान गरेको अनुभव भएका २२ जना लेखकहरु समावेश भई यस पुस्तकको १२ ओटा पाठ तयार पारिएको छ  ।

नेपालमा माटो सम्बन्धि अध्ययन र अनुसन्धानको सुरुवात सन् १९५७ मा कृषि बिभाग अन्तर्गत माटो बिज्ञान शाखा स्थापना भएसँगै सुरु भएको हो  । अहिलेको सन्दर्भमा यस पुस्तकको निकै ठुलो महत्व छ किनकी सन् १९५७ देखि आजसम्म भएका अध्ययन र अनुसन्धानका नतिजाको यो पहिलो संश्लेषणात्मक​ प्रारूप हो  । 

माटोको निर्माण, प्रकार, उर्वराशक्ति, व्यवस्थापनका साथमा अन्य माटोसँग सम्बन्धित विषयहरु जस्तै भूगोल, जलवायु, भू-उपयोग, र माटोसँग जोडिएको संस्कृति यस पुस्तकमा समेटिएको छ  । यसमा नेपाली माटोका विद्यमान समस्या, नजरन्दाज गरिएका समस्या र अबका केहि बर्षदेखि दशकसम्म देखिनसक्ने समस्याका बारेमा पनि चर्चा गरिएको छ  । यो अनलाईन र प्रिन्ट दुबै संस्करणमा उपलब्ध छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप