बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानी प्रधानमन्त्रीले भने : भारत नमज्जाले हार्‍यो, सम्बन्ध सुधार्न यो सही समय होइन

मङ्गलबार, ०९ कात्तिक २०७८, ११ : ४५
मङ्गलबार, ०९ कात्तिक २०७८

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतसँगको सम्बन्ध सुधार्नका लागि अहिलेको समय सही नरहेको बताएका छन् । साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानको निम्तोमा आयोजित मिडल इस्ट ग्रिन इनिसियटिभ (एमजीआई) सम्मेलनमा सहभागी हुन इमरान साउदीको रियाद पुगेका बेला सो कुरा बताएका हुन् । 

सोमबार यस सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले साउदी अरबको जमेर तारिफ गरे । तर, पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका इमरानले टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले हासिल गरेको जितको खुसी पनि लुकाउन चाहेनन् । ‘दुनियाँका दुई ठूला बजार हाम्रा छिमेकी हुन् र अफगानिस्तानमार्फत मध्य एशियाको बजारसम्म हाम्रो पहुँच छ,’ इमरानले भने,‘चीनसँग हाम्रो सम्बन्ध राम्रो छ । तर, भारतसँग पनि सम्बन्ध सुधार्न जरुरी छ । यद्यपी अघिल्लो रात क्रिकेट म्याचमा पाकिस्तानसँग भारत नराम्ररी हार्‍यो । त्यसैले भारतसँग सम्बनध सुधार्नका लागि यो सही समय होइन ।’ इमरानले यसो भनिरहँदा हलमा ठूलो ताली बर्सिएको थियो । इमरान आफैं पनि निकै खुसी देखिएका थिए । 

आइतबार टी–२० विश्वकपमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । विश्वकपमा एकआपसमा दुई टोलीले खेलेका १३ खेलमध्ये पाकिस्तानले हासिल गरेको यो पहिलो जीत हो । राजनीतिमा आउनुपूर्व इमरान पाकिस्तानमा क्रिकेटरका रुपमा लोकप्रिय थिए । उनले आफ्नो कप्तानीमा पाकिस्तानलाई १९९२ को एकदिवसीय विश्वकप जिताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप