शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आजदेखि खुल्यो लाइसेन्सको नयाँ आवेदन, कसरी दिने ?

मङ्गलबार, ०९ कात्तिक २०७८, १२ : ००
मङ्गलबार, ०९ कात्तिक २०७८

यातायात व्यवस्था विभागले आजदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको छ । वैशाख १५ गतेदेखि गरिएको निषेधाज्ञाका कारण रोकिएको नयाँ आवेदन ६ महिनापछि आजदेखि खुलेको हो ।
विभागले लाइसेन्सको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरेको छ । यसका लागि विभागको वेबसाइटमा गएर फाराम भर्नुपर्छ ।

यसअघि पुराना ७ लाख आवेदकको ट्रायल सकेपछि मात्रै नयाँ लाइसेन्स आवेदन खुलाउने विभागले बताएको थियो । तर, चौतर्फी दबाब बढेपछि पुरानो ट्रायल नसकि नयाँ आवेदन खुलाएको हो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप