बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतले नेपाललाई भुटानी ढाँचामा लैजान निरन्तर प्रयास गरिरहेको छ : रमेश खरेल

मङ्गलबार, ०९ कात्तिक २०७८, १२ : ४४
मङ्गलबार, ०९ कात्तिक २०७८

पूर्व डिआइजी रमेश खरेलले नेपाललाई भुटानी ढाँचामा लैजान भारतले निरन्तर प्रयास गरिरहेको बताएका छन् । मंगलबार पूर्व सुरक्षाकर्मी परिषद्को एक कार्यक्रममा बोल्दै खरेलले भारतको सधैँ नेपाली जनताको सार्वभौमसत्तामाथि खेलिरहने मनसाय कायमै रहेको बताए । उनले भारतसंग मैत्रीपूर्ण संवादबाट समस्याको समाधान खोजिनुपर्ने बताए । राष्ट्रियता बचाई राख्न कुटनीतिक निकाय र गृह प्रशासन चनाखो हुनुपर्ने जनाउँदै उनले पूर्व सुरक्षा निकायमात्र नभई हरेक नेपालीमा राष्ट्रियता जाग्नुपर्ने बेलाई आईसकेको उनको धारणा रहेको छ । कहिले पनि कसैको गुलाम नभएको देशको राष्ट्रियता माथी कसैले सवाल उठाउँछ भने पूर्व सुरक्षाकर्मी कुनैपनि हालतमा चुप लागेर नबस्ने समेत उनको चेतावनी छ । 

नेपालको राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र सार्वभौमिकता माथिको प्रहार रोक्न सम्पूर्ण नेपाली एकजुट हुन आवश्यक रहेको पूर्व सुरक्षाकर्मी परिषद्को धारणा रहेको छ । परिषद्ले राष्ट्र र राष्ट्रियताको सुरक्षा गर्न आम नेपालीलाई एकजुट हुन आग्रह गरेको समेत गरेको छ । भारतीय पूर्व राजदूत रञ्जित रेद्वारा लिखित पुस्तक ‘काठमाडौं डिले’ मा ‘रिसेटिङ इण्डिया–नेपाल टाईज’ मा नेपाल र नेपालीको स्वाभिमान माथि गम्भीर आक्रमण भएको, नेपालको अहित हुनेगरी भारतले विगतमा नेपालविरुद्ध गरेका अक्षम्य अपराधहरूको भरण पोषण गरेको समेत परिषद्को आरोप छ । 

त्यस्तै, कार्यक्रममा बोल्दै पूर्व जर्नेल डा. प्रेमसिह बस्नेतले विकासका नाममा एमसीसी भित्राउन र कोही भूटानी मोडेलको राज्य स्थापना गरि सिक्कीमे लेन्डुप बनाउने अभिप्राय रहेको हुँदा यस्तो लोन्डुपे प्रवृतीको विरुद्व एक भई उभिनु पर्नेमा जोड दिए । सार्वभौम स्वतन्त्रता र स्वाधीनतालाई कुल्चने भुटानी मोडलको राजसंस्था आवश्यक नरहेको उनको भनाई छ ।

यदि देश र जनतालाई आवश्यक महशुस भए नेपालीले नै आवश्यकता अनुसारको राजसंस्था स्थापना गर्न सक्षम रहेको उनले बताए । सुगौली सन्धिपछि नेपालको सार्वभौमिकता, अखण्डता, राष्ट्रियता, राष्ट्रिय एकता र नागरिक सुरक्षा सबैभन्दा कमजोर दुर्बल भएको, नेपाली जनता निर्णायक नभै विदेशीहरु निर्णायक रहदै आएको उनको भनाई छ । तिनै तत्वहरुले नेपाली धर्म संस्कृती, नेपाली भाषा, नेपाली सेना, नेपाल प्रहरी सबैलाई कमजोर बनाउँन खोजेको समेत उनको दाबी छ ।

यसैगरी, कार्यक्रममा सामाजिक अभियन्ता राजेन्द्र केशरी पाण्डेले नेपाल कहिल्यै कसैको गुलाम नभएको भन्दै राष्ट्रियताको सवालमा प्रश्न उठाउँछ भने पुर्व सुरक्षाकर्मी कुनै हालतमा चुप नबस्ने बताए । उनले भने,‘यस्ता किसिमका क्रियाकलापका खातिर सदैव खबरदारी गर्दै परिआए राष्ट्रका लागि बलिदानी दिन समेत तयार छौ ।’

त्यस्तै, घाइते तथा अपांग संघ तथा भुपू सुरक्षाकर्मी संघका उपाध्यक्ष हिमाल अर्यालले विकासको नाममा एमसीसी भित्र्याउन र कोही भुटानी मोडेलको राज्य स्थापना गरी सिक्कीमे लेन्डुप बनाउने अभियानमा आएको हुँदा लेन्डुपे प्रकृतिका बिरुद्ध कटिबद्ध भई अगाडी बढ्ने चेतावनी दिए । उनले भने,‘हाम्रो सार्वभौम स्वतन्त्रता र स्वाधीनतालाई कुल्चने भुटानी मोडेलको राजसंस्था हामीलाई आवश्यक छैन् । देश र जनतालाई आवश्यक महसुस भए नेपालीहरु नै राजसंस्था स्थापना गर्न सक्षम छौ ।’
कार्यक्रममा संयोजक केबी रावतले प्रेस विज्ञप्ती पढेर सुनाएका थिए । कार्यक्रमको संचालन हेमशंकर जोडीले गरेका थिए । पुर्व सुरक्षाकर्मीका थुप्रै वक्ताहरूले कार्यक्रममा आफ्नो अभिव्यक्ति दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप