मङ्गलबार, २२ फागुन २०८०
ताजा लोकप्रिय

बाँकेबाट लागु औषधसहित एक पक्राउ

मङ्गलबार, ०९ कात्तिक २०७८, १४ : ५३
मङ्गलबार, ०९ कात्तिक २०७८

बाँकेको नेपालगन्जबाट लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाबाट करिब १५ ग्राम अवैध लागु औषध ब्राउनसुगर सहित काभ्रेपलाञ्चोकको महादेवस्थान गाउँपालिका–३ बस्ने ३४ वर्षीय मान बहादुर रोकालाई प्रहरीले पक्राउ गरेको हो । भारतबाट आउँदै गरेका उनलाई प्रहरीले लागु औषध सहित पक्राउ गरेको हो ।

लागु औषध नियन्त्रण ब्युरो नेपालगन्ज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनी पक्राउ गरेको  जनाइएको छ । घटनाबारे थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप