शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राजीनामा गरेर सहज निकास दिन प्रधानन्यायाधीशलाई आग्रह

मङ्गलबार, ०९ कात्तिक २०७८, १५ : १८
मङ्गलबार, ०९ कात्तिक २०७८

संवैधानिक कानुन व्यवसायी मञ्चले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरेको छ । मञ्चले मंगलबार जारी गरेको विज्ञप्तिमा न्यायालयको पवित्रताको विषयमा आशंका उब्जनु कुनै पनि दृष्टिकोणबाट उपयुक्त नहुने भन्दै न्यायालयको नेतृत्व विवादमा परेको विषयमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । 

‘न्यायालय जस्तो पवित्र संस्थाको नेतृत्व विवादमा पर्नु र संस्थागत नेतृत्व प्रभावकारी बन्न नसक्दा समग्र न्याय प्रणालीमै असर पर्न गए जनताको न्यायको अधिकार प्रभावित हुन पुगेकाले न्यायपालिकालाई स्वतस्फूत रुपमा अघि बढ्न सक्ने वातावरण सिर्जना गर्नुपर्ने अनिवार्यतालाई दृष्टिगत गरी प्रधानन्यायाधीशले राजीनामा गरी सहज निकासको लागि पहल गरिदिनुहुन आग्रह गर्दछौँ’ मञ्चका तर्फबाट अध्यक्ष दिनेश त्रिपाठी र महासचिव सरोजकृष्ण घिमिरेको विज्ञप्तिमा भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप