शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फर्कियो सेयर बजार, नेप्सेमा ७८ अंकको वृद्धि

७ कम्पनीको मूल्यमा सकारात्मक सर्किट
मङ्गलबार, ०९ कात्तिक २०७८, १५ : ४२
मङ्गलबार, ०९ कात्तिक २०७८

मंगलबार सेयर बजार परिसूचक नेप्सेमा वृद्धि भएको छ । गत सोमबार ८७.६३ अंकले बढेर २६७२.२५ बिन्दुमा पुगेको नेप्सेमा थप मंगलबार ७८.८२ अंकले बढेर  २७५१.०७ विन्दुमा पुगेको हो । त्यसो त यसै दिन ७ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने १७ कम्पनीको सेयर मूल्य ८ प्रतिशत माथिले बढेको छ । 

आज सबैजसो उप–सूचकहरु बढेर बजार नै हरियाली बनेको छ भने, यस दिन सबैभन्दा बढी होटल तथा पर्यटन समूहका लगानीकर्ताहरूले कमाएका छन् । यस दिन यस समूहको सूचक अधिकतम ७.५१ प्रतिशतले वृद्धि भएको छ । 
यस्तै, फाइनान्स समूहको ५.६१, लगानी समूहको ४.५, हाइड्रोपावर समूहको ४.३३ प्रतिशतले बढेको छ भने विकास बैंक र जीवन बीमा समूहको क्रमशः ३.७७ र ३.३४ प्रतिशतले वृद्धि भएको छ । 

अधिकतम ७८.८२ अंकले बढेको बजारमा आज कुल ६ अर्ब ३१ करोड ८३ लाखको कारोबार भएको छ । गत सोमबार ८७ अंकले बढेको बजारमा ४ अर्ब ३० करोड ८८ लाखको कारोबार भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप