मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

लेवनानमा तैनाथ नेपाली शान्ति सेनाले मनायो ७६औं संयुक्त राष्ट्रसंघ दिवस

मङ्गलबार, ०९ कात्तिक २०७८, १५ : ४८
मङ्गलबार, ०९ कात्तिक २०७८

लेबनानमा तैनाथ श्री बर्दबहादुर गण ६२ औँ डफ्फाले आफ्नो जिम्मेवारी क्षेत्रमा विभिन्न जनहित कार्यहरु संचालन गरी ७६ औं संयुक्त राष्ट्रसंघ दिवस मनाएको छ । दक्षिण लेवनानका जनताहरुलाई स्वास्थ्य, शिक्षा, वातावरण र आर्थिक क्षेत्रमा सहयोग पुर्‍याउने हेतुले विभिनन् कार्यहरु संचालन गरिएको नेपाली सेनाले जनाएको हो।

सो अवसरमा उक्त मिशनमा सम्मिलित मेडिकल टोलीले स्थानीय हउला र माज्दल स्लिम नगरपालिकामा रहेका सरकारी विद्यालयहरुमा दन्त स्वास्थ्य र मुखको हेरचाह सम्बन्धी सचेतना कक्षा संचालन गरी दाँतको सफाई गर्ने प्रयोगात्मक विधिद्वारा प्रदर्शनी गरेको थियो । सोही क्रममा उक्त विद्यालयमा अध्ययनरत करीब २०० जना विद्यार्थीहरुलाई नेपाली शान्ति सैनिक युनिटकोतर्फबाट स्टेशनरी सामानहरु र डेण्टल हाईजिन किट समेत वितरण गरेको थियो।

त्यस्तै हरियाली लेवनान अभियान अन्तर्गत स्थानीय तलुसा नगरपालिकामा जैतुन र सल्लाका बिरुवाहरु वृक्षारोपण गरी UNIFIL मिशनको Blue to Green” अभियानलाई मूर्तरुप दिनुका साथै साक्रा र माज्दल स्लिम नगरपालिकाहरुमा वृहत वृक्षारोपण गरी साक्रा नगरपालिका प्रमुखको अनुरोधमा स्थानीय हाटबजार लाग्ने करिब ४०० मिटर लामो सडकखण्डमा रङ्गरोगन गरी छुट्टाछुट्टै करिडोर समेत स्थापना गरेको थियो।

नेपाली शान्ति सैनिकहरुले द्वन्दग्रस्त मुलुकहरुको अति संवेदनशील ईलाकामा तैनाथ रही आफ्नो अपरेशनल जिम्मेवारीको अलवा स्थानीय समुदायलाई लक्षित गरी संचालन गरेका विभिन्न मानवीय सहयोगका कार्यहरुले स्थानीय निकाय तथा समुदाय र शान्ति सैनिकहरुबीच विश्वासको वातावरण श्रृजना भई आपसी सम्बन्ध थप प्रगाढ हुने सेनाल विश्वास लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप