ad

अध्यादेशमार्फत सरकार चलाउन खोज्नु संघीयतामाथिको खतराः सोनल

person explore access_timeकात्तिक ९, २०७८ chat_bubble_outline0

प्रदेश २ को प्रमुख प्रतिपक्षी दल लोसपाका नेता जितेन्द्र सोनलले सरकारले चोर बाटोबाट अध्यादेश ल्याएर संघीयता कमजोर पार्न खोजेको टिप्पणी गरेका छन् । मंगलबार प्रदेश सरकारले मन्त्रीपरिषद् वैठकबाट विश्वविद्यालय स्थापना सम्बन्धी अध्यादेश ल्याएसँगै सोनलले यस्तो खाले टिप्पणी गरेका हुन् ।


नेता सोनलले प्रदेश सरकारसंग बहुमत हुँदाहुँदै पनि प्रदेश सभालाई छलेर अध्यादेश मार्फत सरकार सञ्चालनको प्रयास गर्नु अलोकतान्त्रिक र गैरसंवैधानिक भएको आरोप लगाए । उनले भने, ‘लोकतान्त्रिक विधि अनुसार प्रदेश सरकारसंग बहुमत रहँदा रहँदै पनि प्रदेश सभालाई बिजनेस नै नदिई कानूनलाई आफ्नो अनुकुल खेलाँची गर्नका लागि अध्यादेश ल्याएर जनतालाई भ्रममा पार्न खोजिरहेको छ ।’ उनले अगाडि भने, ‘सरकारले अध्यादेश मार्फत सरकार चलाउन खोज्यो, यसले संघीयता संस्थागत हुँदैन, बरु संघीयतालाई संस्थागत गर्नका लागि हाउसमा ल्याई प्रक्रिया अनुसार सो अध्यादेशलाई पारित गर्नुपर्ने देखिन्छ । यसले संघीयताप्रतिको उत्तरदायित्व र सरकारको दायित्व निर्वाहले पनि संघीयता संस्थागत हुन्छ ।’



उनले अध्यादेशमार्फत सरकार चलाउन खोजेको आरोप सरकारमाथि लगाउँदै प्रदेशसभा स्थगित रहेको अवस्थामा ल्याइएको अध्यादेशलाई कार्यान्वयन गरेमा यसको  कडा प्रतिवाद गर्ने चेतावनी समेत दिए । मन्त्रिपरिषद्को मंगलबार सम्पन्न बैठकबाट प्रदेश सरकारले वीरगञ्जमा वीरगञ्ज प्राविधिक विश्वविद्यालय र सप्तरीमा कृषि विश्वविद्यालय स्थापना गर्ने सम्बन्धि अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो । 









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।