बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट थप ११ को मृत्यु, ६६६ जना संक्रमित थपिए

मङ्गलबार, ०९ कात्तिक २०७८, १६ : १३
मङ्गलबार, ०९ कात्तिक २०७८

कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ३७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६६६ जना संक्रमित थपिएका छन् भने ६२२ जना निको भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १० हजार २९८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार २१५ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म देशभर ७ लाख ८८ हजार ६३० जना निको भएका छन् । यस्तै हाल देशभर सक्रिय संक्रमित १० हजार २९६ जना रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप